भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

क्षतिग्रस्त पाइप मर्मत गरेर पानी वितरण गर्ने तयारी, पाइप फुट्दा ३० लाख लिटर पानी सडक

क्षतिग्रस्त पाइप मर्मत गरेर पानी वितरण गर्ने तयारी, पाइप फुट्दा ३० लाख लिटर पानी सडक

काठमाण्डौ । बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुट्दा ३० लाख लिटर पानी सडकमा बगेर खेर गएको छ । नेपाल विद्युत् प्राधिकरणको भूमिगत लाइन विस्तारका क्रममा पाइप फुट्दा ३० लाख लिटर पानी खेर गएको हो ।

विहिबार क्षतिग्रस्त पाइप मर्मत गरेर पानी वितरण गर्ने तयारी भइरहेको केयूकेएलले जनाएको छ । पानी बगेको ठाउँमा सडकसमेत भासिएको छ । भासिएको सडक पनि तत्काल मर्मत हुने सडक डिभिजन कार्यालय काठमाण्डौले जनाएको छ ।

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार करिब चार घण्टा पाइपबाट लगातार पानी खेर गएको हो । २० इन्चको पाइप फुटेर पानी बग्दा बबरमहलको सडक, सरकारी कार्यालय र निजी घरहरु जगलमग्न भएको थियो ।

केयूकेएलका अनुसार मेलम्चीबाट ल्याइएको पानी सुन्दीजलको प्रशोधन केन्द्रबाट थोक वितरण प्रणालीमा पठाइएको ७५ किलोमिटर पाइप लाइनमा रहेको सबै पानी बबरमहल क्षेत्रमा बगेको छ ।

 


Thali Mobile Pvt.Ltd.