भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतको अन्तरिम जमानत

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतको अन्तरिम जमानत

काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।

दुई जना न्यायाधीशको इजलासले मुद्दाको सुनुवाइ गर्दै केजरीवाललाई अन्तरिम जमानत दिएको बीबीसी हिन्दीले जनाएको छ । सर्वोच्चले यो विषयमा अझै केही बिषयहरु बाँकी रहेको भन्दै पूर्ण इजलासमा पठाएको खबरमा उल्लेख छ ।

अन्तरिम जमानत पाए पनि केजरीवाल जेलबाहिर आउन भने पाउने छैनन् । सर्वोच्चले उनलाई ईडीको तर्फबाट गरिएको पक्राउको विषयमा अन्तरिम जमानत दिएको हो । केजरीवाललाई केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो ९सीबीआई० ले पक्राउ गरेको छ । केजरीवालले सीबीआईले गरेको पक्राउलाई लिएर दिल्ली उच्च अदालतमा निवेदन दिएका छन् । यो विषयमा यहि जुलाई १७ तारिखमा सुनुवाइ हुँदैछ ।

दिल्लीको रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको आरोपमा केजरीवाललाई ईडीले गएको मार्च २१ तारिखमा पक्राउ गरेको थियो । पहिले उच्च अदालतमा पुगेको यो विषय त्यहाँबाट खारेज भएपछि सर्वोच्च अदालतमा पुगेको थियो ।

यसअघि लोकसभा चुनावका क्रममा प्रचारका लागि सर्वोच्चले २१ दिनका लागि अन्तरिम जमानत दिएको थियो । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.