भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

साढे २ करोड ठगीका आरोपीसँग १५ लाख धरौटी माग

साढे २ करोड ठगीका आरोपीसँग १५ लाख धरौटी माग

काठमाडौं । जेलबाट निकाल्ने भन्दै दुई कैदीबाट साढे २ करोड रुपैयाँभन्दा बढी लिएर ठगी गरेको आरोप लागेका अर्का व्यक्तिसँग पनि जिल्ला अदालत काठमाडौंले धरौटी माग गरेको छ ।

न्यायाधीश दुर्गाप्रसाद खनालको बिहीबारको इजलासले मीनबहादुर बस्नेतविरुद्ध १५ लाख रुपैयाँ धरौटी माग गरेको हो । यसअघि बस्नेतविरुद्ध फरार प्रतिवादीका रुपमा मुद्दा दर्ता भएको थियो । मुद्दा अदालत पुगेपछि बस्नेत अदालतमा हाजिर भएका थिए ।

यो घटनामा यसअघि रामेछापको दोरम्बा गाउँपालिका–५ का ५० वर्षीय दीपक चौलागाईं र उनकी श्रीमती रिताकुमारी चौलागाईंलाई प्रहरी वृत्त नयाँबानेश्वरले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

२३ असारमा न्यायाधीश विष्णुप्रसाद आचार्यको इजलासले दीपकलाई ३२ लाख र उनकी श्रीमती रिताकुमारी चौलागाईंलाई २ लाख धरौटी माग गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.