काठमाडौं । सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका अर्का एक यात्रुको शव फेला परेको छ । भरतपुर महानगरपालिका २६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव आज भेटिएको हो । शवको सनाखत हुन बाँकी छ । शवलाई भरतपुर अस्पताल ल्याएर पोष्टमार्टम गरिँदैछ ।
योसँगै सिमलताल दुर्घटनामा बेपत्ता बनेका २० जनाको शव भेटिएको छ । जसमध्ये १४ जनाको सनाखत भएर परिवारले शव बुझेर लगेका छन् ।
गत असार २८ गते विहान नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका(२९ मा सिमलतालमा पहिरोले दुई वटा यात्रुबाहक बस बगाएको थियो । ६२ जना यात्रुसहित बस त्रिशूलीमा बेपत्ता भएको थियो । नदीमा अझै ४२ यात्रुको अवस्था अज्ञात छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । देशभरका शिक्षकहरू आन्दोलनरत रहेका बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको मितिमा नै सञ्चालन गर्ने निर्णय गरेको छ। शिक्षकहरू विद्यालय छाडेर राजधानी केन्द्रित आन्दोलनमा रहे...
काठमाडौँ । सरकारले सुपारी आयातमा लागू रहेको कोटा हटाएपछि देशमा सुपारी आयात ह्वात्तै बढेको छ। भन्सार विभागका अनुसार २०८१ र ८२ को नौ महिनामा ५८ करोड ८३ लाख रुपैयाँभन्दा...
भक्तपुर । नेपालको प्राचीन धार्मिक र सांस्कृतिक सम्पदाले सजिएको रत्नचूड पर्वत (नगरकोट) को काखमा अवस्थित कलमसीमा १०८ फिट अग्लो भगवान महादेवको भव्य मूर्ति निर्माणका लागि शिव पुराण ज्ञान महायज्ञको...
इलाम । इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा परिवर्तन आएपछि अभिभावकले चासो राखे । निगरानी बढाएपछि थाहा भयो, बालकले लागुऔषध प्रयोग गर्न थालेछन् । “विद्यालय बन्द हुँदा साथीहरू...