भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–६, कपन सरस्वतीनगरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ का ४१ वर्षीय बद्री पौडेललगायत व्यक्ति छन् ।

सरस्वतीनगरमा बस्दै आएका उदयपुरको ताप्ली गाउँपालिका–१ का ५० वर्षीय उद्धवराज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ उनीहरूलाई नगद ३९ हजार ७२५ रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

 


Thali Mobile Pvt.Ltd.