भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

सिरहामा सुनचाँदीका गहनासहित एकजना पक्राउ

सिरहामा सुनचाँदीका गहनासहित एकजना पक्राउ

काठमाडौं । सिरहामा सुनचाँदीका गहनासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको आरूबोटे नगरपालिका ५ बाजघरा घर भई हाल झापाको दमक स्थितमा डेरा गरी बसिरहेका २८ वर्षीय रोशन बराइली रहेका छन् ।

उनललाई प्रहरीले सिरहा नगरपालिका ७ महिसोथाबाट प्र १–०१–०१४प ४६२५ नम्बरको मोटरसाइकलमा गइरहेको बेला अवैध गहनासहित पक्राउ गरेको हो ।

बराइलीले बोकेको झोलाबाट हरियो पोतेमा जडित सुनका १८ थान माला, ३० थान रातो पोतेमा जडित माला, ५ थान सेतो मोती जडित माला, ६ थान खुल्ला चन्द्रमा, पोतेमा जडित चक्र थान चक्र, पोतेमा जडित मंगलसुत्र एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी मुक्ति सापकोटाले जानकारी दिए । बरामद सुन तौल गर्दा जम्मा २६=५ ग्राम भएको र तीन लाख ३५ हजार २२८ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । उक्त गहना अवैध रहेको प्रहरीको दाबी छ ।

 

 


Thali Mobile Pvt.Ltd.