भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

अध्ययन र भ्रमणमा जाने नेपालीले लगे पौने २ खर्ब

अध्ययन र भ्रमणमा जाने नेपालीले लगे पौने २ खर्ब

काठमाडौं । नेपालबाट अध्ययन र भ्रमणमा जाने नेपालीसँगै पौने २ खर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा कुल १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ भ्रमण व्यय देखिन्छ । जसमा शिक्षा र भ्रमण दुवैका लागि विदेशिएको रकम जोडिन्छ ।

केन्द्रीय बैंकका अनुसार एक वर्षमा अध्ययनमा जानेका माध्यमबाट १ खर्ब २५ अर्ब रुपैयाँ विदेशिएको छ । एक वर्षमा विदेशी पर्यटकबाट भने नेपालले ८२ अर्ब ३३ करोड रुपैयाँ आम्दानी गरेको छ ।

नेपालबाट विदेश घुमफिरमा जाने नेपालीले ६४ अर्ब ३० करोड रुपैयाँ बराबर विदेशी मुद्रा खर्च गरेका छन् । अघिल्लो आ.व २०७९/८० मा भ्रमण व्यय १ खर्ब ४४ अर्ब रुपैयाँ थियो । जसमध्ये शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड थियो । उक्त आव घुमफिरमा जानेले ४४ अर्ब रुपैयाँ खर्च गरेका थिए ।

 

 

 

 


Thali Mobile Pvt.Ltd.