भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

३४ खेलबाट आर्सनल ७७ अंकका साथ शीर्ष स्थानमा

३४ खेलबाट आर्सनल ७७ अंकका साथ शीर्ष स्थानमा

एजेन्सी । सिटीले ब्राइटनलाई ४–० ले हराउँदै उपाधि रक्षाको दाबेदारी बलियो बनाउँदै लगेको छ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले उपाधि रक्षा अभियानलाई बलियो बनाउँदै लगेको हो । फोडेन एमेक्समा पहिलो गोल गरेसँगै सिटीका लागि इंग्लिस प्रिमियर लिगमा ५० गोल पूरा गर्ने १० औं खेलाडी बनेका छन् ।

एक खेल कम खेलेको सिटीको शीर्ष स्थानको आर्सनलभन्दा १ गोल कम छ। सुरुवातबाटै उत्कृष्ट लयमा देखिएको सिटीले खेलको १७ औं मिनेटमै केभिन डि ब्रएनाको गोलमा अग्रता लिएको थियो। पहिलो हाफमै ३ गोलको अग्रता बनाउने क्रममा फिल फोडेनले २ गोल गरे। २६ औं मिनेटमा पहिलो गोल गरेका फोडेनले बर्नान्डो सिल्भाको पासलाई ३४ औं मिनेटमा सदुपयोग गर्दा सिटी पहिलो हाफमा ३–० ले अघि रह्यो।

जारी लिगमा ३४ खेलबाट आर्सनल ७७ अंकका साथ शीर्ष स्थानमा रहेको छ। एक खेल कम खेलेको सिटी ३३ खेलबाट ७६ अंकका साथ दोस्रो तथा ३४ खेलनै खेलेको लिभरपुल ७४ अंकका साथ तेस्रो स्थानमा रहेको छ। ६६ अंकका साथ एस्टन भिल्ला चौंथो स्थानमा रहँदा टोटेनह्याम ६० अंकका साथ पाँचौं र म्यानचेस्टर युनाइटेड ५३ अंकका साथ छैटौं स्थानमा रहेको छ।

दोस्रो हाफमासिटीले खेलको ६२ औं मिनेटमा ४–० को अग्रता बनाएको थियो। सिटीका लागि चौंथो गोल अर्जेन्टिनी स्टार जुलियन अल्भारेजले गरेका थिए। जितसँगै सिटी लिभरपुललाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो।

 

 


Thali Mobile Pvt.Ltd.