एजेन्सी । सिटीले ब्राइटनलाई ४–० ले हराउँदै उपाधि रक्षाको दाबेदारी बलियो बनाउँदै लगेको छ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले उपाधि रक्षा अभियानलाई बलियो बनाउँदै लगेको हो । फोडेन एमेक्समा पहिलो गोल गरेसँगै सिटीका लागि इंग्लिस प्रिमियर लिगमा ५० गोल पूरा गर्ने १० औं खेलाडी बनेका छन् ।
एक खेल कम खेलेको सिटीको शीर्ष स्थानको आर्सनलभन्दा १ गोल कम छ। सुरुवातबाटै उत्कृष्ट लयमा देखिएको सिटीले खेलको १७ औं मिनेटमै केभिन डि ब्रएनाको गोलमा अग्रता लिएको थियो। पहिलो हाफमै ३ गोलको अग्रता बनाउने क्रममा फिल फोडेनले २ गोल गरे। २६ औं मिनेटमा पहिलो गोल गरेका फोडेनले बर्नान्डो सिल्भाको पासलाई ३४ औं मिनेटमा सदुपयोग गर्दा सिटी पहिलो हाफमा ३–० ले अघि रह्यो।
जारी लिगमा ३४ खेलबाट आर्सनल ७७ अंकका साथ शीर्ष स्थानमा रहेको छ। एक खेल कम खेलेको सिटी ३३ खेलबाट ७६ अंकका साथ दोस्रो तथा ३४ खेलनै खेलेको लिभरपुल ७४ अंकका साथ तेस्रो स्थानमा रहेको छ। ६६ अंकका साथ एस्टन भिल्ला चौंथो स्थानमा रहँदा टोटेनह्याम ६० अंकका साथ पाँचौं र म्यानचेस्टर युनाइटेड ५३ अंकका साथ छैटौं स्थानमा रहेको छ।
दोस्रो हाफमासिटीले खेलको ६२ औं मिनेटमा ४–० को अग्रता बनाएको थियो। सिटीका लागि चौंथो गोल अर्जेन्टिनी स्टार जुलियन अल्भारेजले गरेका थिए। जितसँगै सिटी लिभरपुललाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । मलेसियामा जारी आईसीसी यू १९ महिला टी २० विश्वकपमा आज नेपाल र स्कतल्याण्ड भिड्ने भएका छन् । पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो...
काठमाडौं । जय ट्रफी एलिट कप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । फाइनलमा त्रिभुवन आर्मीलाई २८ रनले हराउँदै पुलिस विजेता बनेको हो । पुलिसलाई जिताउन स्पिनर जोडी...
भक्तपुर । सानोठिमी तेक्वान्दोको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार ताथली इको भिलेज रिर्सोटमा सम्पन्न साधारण सभाको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि श्रीकृष्ण श्रेष्ठले खेलकुद विकासका...
काठमाडौं । फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइज क्लबले जितेको छ । फिदिम माविको मैदानमा सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले मच्छिन्द्र फुटबल क्बललाई टाइब्रेकरमा ५–४ गोलले हरायो । निर्धारित...