भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

डलर देखाई ठगी गर्ने लोकन्थलीबाट दुईजना पक्राउ

डलर देखाई ठगी गर्ने लोकन्थलीबाट दुईजना पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका वडा नं १ लोकन्थलीमा डलर देखाई रु ३ लाख ५० हजार ठगी गरी भाग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडित ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा नं ६ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नं ११ बस्ने बर्ष ३२ की हिरुमाया मगरले वैशाख ३ गते प्रहरी वृत्त ठिमीमा दिएको जाहेरी आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

डलर साट्ने बाहानामा सुमन शेर्पा र लाक्पा शेर्पाले लोकन्थलीमा बोलाई डलर देखाई तीन लाख पचास हजार ठगी भागेको खुलेको छ । जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुरबाट खटिएको प्रहरी टोलीले बागमती प्रदेश ०२–०४८ प ४५२५ नं. को थान – १ मोटरसाइकल सहित उक्त घटनामा संलग्नलाई विहीबार पक्राउ गरेको भक्तपुर प्रहरीले जनाएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं २ बङ्गलामुखी मन्दिरबाट नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमी भक्तपुर मार्फत थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं २ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं २ बस्ने वर्ष २९ को सरोज तामाङ र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं २ घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं २ बस्ने वर्ष ३६ को राज कुमार तामाङ रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.