भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’

संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’

काठमाडौं, १२ जेठ । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सहकारी ठगी प्रकरणसँग जोडिएका जीवी राई कहिले पक्राउ पर्ने हुन् भनेर सरकारसँग प्रश्न गरेका छन् । 

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद राईले सहकारी पीडितले न्याय र राहत पाउनुपर्ने आवश्यकता औँल्याए । तर पीडितलाई राहत दिने नाममा सरकारी ढुकुटी प्रयोग गर्न नहुने उनको धारणा थियो । उनले सहकारी ठगी प्रकरणमा संलग्न व्यक्तिमाथि प्रभावकारी कारबाही नहुँदा आम नागरिकमा निराशा बढिरहेको बताए ।

सांसद राईले संसदमा बोल्दै अन्य समसामयिक विषय पनि उठाएका थिए। उनले देशका विभिन्न क्षेत्रमा देखिएको ‘बाँदर आतंक’ नियन्त्रण कहिले हुने भन्दै सरकारको ध्यानाकर्षण गराए । त्यस्तै उनले सरकार संसदप्रति कहिले उत्तरदायी बन्ने हो भन्ने प्रश्नसमेत उठाएका छन्। सांसद राईले जनताका सरोकारका विषयमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए ।

 


Thali Mobile Pvt.Ltd.