भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’

इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौता प्रक्रियामा कुनै हतार नगर्न आफ्ना वार्ताकारहरूलाई निर्देशन दिएका छन् । उनले समय अमेरिकाकै पक्षमा रहेको दाबी गर्दै सम्झौता निष्कर्षमा पुर्‍याउन दबाबमा नपर्न सुझाव दिएका हुन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत धारणा सार्वजनिक गर्दै अन्तिम सहमति, प्रमाणीकरण र हस्ताक्षर नभएसम्म इरानमाथिको नाकाबन्दी यथावत् रहने स्पष्ट पारे । उनले वार्ता प्रक्रियालाई सावधानीपूर्वक अघि बढाउनुपर्ने उल्लेख गर्दै दुवै पक्षले पर्याप्त समय लिएर मात्रै निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए । राष्ट्रपति ट्रम्पले इरानलाई कुनै पनि अवस्थामा परमाणु हतियार विकास गर्न वा प्राप्त गर्न नदिने आफ्नो अडान पुनः दोहोर्‍याएका छन्। उनले हाल चलिरहेको वार्ता सकारात्मक र व्यवस्थित ढंगले अघि बढिरहेको दाबीसमेत गरे ।

अमेरिका र इरानबीचको सम्बन्ध पछिल्लो समय फेरि संवेदनशील बन्दै गइरहेका बेला ट्रम्पको यो अभिव्यक्ति महत्वपूर्ण मानिएको छ । इजरायली सरकारी स्रोतलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पनि स्पष्ट आश्वासन दिएका छन् ।

रिपोर्टअनुसार इरानले आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा बन्द नगरेसम्म र संवर्द्धित युरेनियम हटाउन सहमत नभएसम्म कुनै अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने ट्रम्पको भनाइ रहेको छ । यता इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले इरान र अमेरिका युद्ध अन्त्य तथा तनाव कम गर्ने उद्देश्यले समझदारी पत्रलाई अन्तिम रूप दिन प्रयासरत रहेको बताएका थिए ।

दुवै देशबीच जारी कूटनीतिक संवादले मध्यपूर्वको सुरक्षा अवस्थामाथि प्रत्यक्ष प्रभाव पार्ने विश्लेषण भइरहेका बेला पछिल्ला अभिव्यक्तिलाई चासोका साथ हेरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.