भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ

उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ

काठमाडौं । गैरकानुनी रूपमा राज्य कोषबाट गरिएको भीभीआईपी उपचार खर्च पार्टी कोषबाट फिर्ता गरिएको विषयलाई लिएर नेकपा एमालेभित्रै प्रश्न उठ्न थालेको छ । सचिवालय बैठकमै नेताहरूले यसबारे स्पष्टता मागे पनि अध्यक्ष केपी शर्मा ओलीले कुनै जवाफ नदिएको स्रोतले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विदेश उपचार खर्चबारे छानबिन थालेपछि एमालेले पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरूको उपचारमा खर्च भएको रकम पार्टी कोषबाट सरकारलाई फिर्ता गरेको थियो ।

चार दिनसम्म चलेको एमाले सचिवालय बैठकमा उपाध्यक्ष गोकर्ण बिष्टले कार्यकर्ताको लेबीबाट संकलित रकम उपचार खर्च फिर्ता गर्न प्रयोग गरिएको विषयमा प्रश्न उठाएका थिए । बैठकमा उनले ‘कार्यकर्ताको पसिनाबाट उठेको रकम यसरी खर्च गर्न मिल्छ कि मिल्दैन ?’ भन्दै नेतृत्वसँग जवाफ मागेका थिए ।

बैठक स्रोतका अनुसार बिष्टको प्रश्नमा अन्य केही पदाधिकारीहरूले पनि समर्थन जनाएका थिए । तर अध्यक्ष ओलीले उक्त विषयमा कुनै प्रतिक्रिया नदिई बैठक टुंग्याएको बताइएको छ । उपचार खर्च फिर्ता प्रकरण सार्वजनिक भएपछि एमालेभित्र सामाजिक सञ्जालदेखि अनौपचारिक छलफलसम्म आलोचना बढेको थियो । कतिपय नेता तथा कार्यकर्ताले पार्टी सदस्यहरूको लेबी नेतृत्वको निर्णय ढाकछोप गर्न प्रयोग गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

पुराना नेता उदयराज पाण्डेले सामाजिक सञ्जालमार्फत दीर्घकालसम्म पार्टीमा योगदान गरेका कार्यकर्ताको अवस्था सुधारभन्दा नेतृत्वका गल्ती सच्याउन कोष प्रयोग गरिएको भन्दै प्रश्न उठाएका थिए । त्यस्तै नेता अरविन्द सिंहले पनि कार्यकर्ताबाट उठेको रकम नेतृत्वको ‘कर्तुत लुकाउन’ प्रयोग गरिएको आरोप लगाएका थिए । अख्तियारले गैरकानुनी रूपमा राज्य कोषबाट विदेश उपचार खर्च व्यहोरेको विषयमा अनुसन्धान थालेपछि एमालेले ३ करोड ८५ लाख ९९ हजार ८६९ रुपैयाँ सरकारी कोषमा फिर्ता गरेको हो ।

यो रकम पूर्वराष्ट्रपति रामवरण यादव तथा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनालको विदेश उपचारमा खर्च भएको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.