भर्खरै : Sorry, your browser does not support inline SVG.
१० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै | डिमेन्सिया पहिचान गर्न बेलायतमा दुई करोड पाउन्डको कृत्रिम बुद्धिमत्ता परियोजना | विश्वसम्पदा क्षेत्रमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्य जोखिममा | रिपब्लिकनको गढमा डेमोक्रेटिकको ऐतिहासिक जित, १४० वर्षपछि अश्वेत सिनेटर निर्वाचित | शक्तिशाली एल निनोको चेतावनी : नेपालमा खडेरीदेखि खाद्यान्न सङ्कटसम्मको जोखिम | पैसा अभावले विश्व भ्रमण रोकियो, यात्रुलाई अलपत्र पार्ने पानीजहाज सिङ्गापुरमा नियन्त्रणमा | मिनीटिलर र उन्नत जातको प्रभाव : म्याग्दीमा रैथाने गाईगोरु पाल्ने चलन हराउँदै | काँकडभिट्टा नाकाबाट एक महिनामै ९८ करोडको अलैँची निर्यात |

डिमेन्सिया पहिचान गर्न बेलायतमा दुई करोड पाउन्डको कृत्रिम बुद्धिमत्ता परियोजना

डिमेन्सिया पहिचान गर्न बेलायतमा दुई करोड पाउन्डको कृत्रिम बुद्धिमत्ता परियोजना

काठमाडौँ, २६ कात्तिक । बिर्सने रोगका रूपमा चिनिने डिमेन्सियाको समयमै पहिचान, रोकथाम र उपचारका प्रभावकारी उपाय खोज्न बेलायतमा कृत्रिम बुद्धिमत्ता प्रविधिमा आधारित अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ ।

यसका लागि दुई करोड पाउन्ड खर्च गरिनेछ । एक्सिटर विश्वविद्यालयको नेतृत्वमा सञ्चालन हुने ‘ब्रेनिआक हब’ नामक अनुसन्धान केन्द्रलाई बेलायतको एक अनुसन्धान संस्था र राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का साझेदारहरूले एक–एक करोड पाउन्ड अनुदान दिने घोषणा गरेका छन् ।

विश्वविद्यालयका अनुसार अनुसन्धान केन्द्रले मस्तिष्कको अवस्था, आनुवंशिक जानकारी, रगतसँग सम्बन्धित जैविक तथ्याङ्क तथा डिजिटल परीक्षणका नतिजालाई एकीकृत गरी कृत्रिम बुद्धिमत्तामा आधारित प्रणाली विकास गर्नेछ ।

उक्त प्रणालीले व्यक्तिको मस्तिष्क स्वास्थ्यको विस्तृत अवस्था बुझ्न र डिमेन्सियाको जोखिम पहिचान गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।छ वर्षे अवधिको यस परियोजनाअन्तर्गत डिमेन्सियाको पहिचान तथा रोकथामका लागि प्रारम्भिक उपचार सेवा दिने क्लिनिक सन् २०२९ देखि सञ्चालनमा ल्याउने योजना छ ।

सुरुमा ती क्लिनिकमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मार्फत सिफारिस गरिएका व्यक्तिले मात्रै सेवा पाउनेछन् । परियोजनामा बेलायतभरका १० वटा मस्तिष्क स्वास्थ्य क्लिनिक सहभागी हुनेछन् । डिमेन्सियाको समयमै पहिचान, रोकथाम र उपचारका प्रभावकारी उपायबारे अनुसन्धान गर्ने उद्देश्य राखिएको यस परियोजनालाई विश्वकै ठूला अनुसन्धान प्रयासमध्ये एक बनाउने लक्ष्य लिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.