भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

अनियन्त्रित कारले ठक्कर दिँदा कम्तीमा ९ जनाको मृत्यु

अनियन्त्रित कारले ठक्कर दिँदा कम्तीमा ९ जनाको मृत्यु

एजेन्सी । दक्षिण कोरियाको राजधानी सोलमा अनियन्त्रित कारले ठक्कर दिँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

गएराति सोलको एउटा भिडभाडयुक्त क्षेत्रमा अनियन्त्रित कार घुस्दा भएकाे दुर्घटनामा हताहत हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ। उक्त कार ६८ वर्षीय चालकले चलाएका थिए । गलत दिशातिर हुईकिएको कार पहिले दुईवटा अरु गाडीलाई ठक्कर दिएपछि भिडमा उछिट्टिएको बताइएकाे छ । 

दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ३ जनाको अस्पताल पुर्‍याएपछि मृत्यु भएको थियाे । अन्य देशहरूकाे तुलनामा दक्षिण कोरियामा पैदलयात्रीलाई ठक्कर दिएर हुने दुर्घटनाको संख्या निकै ठूलो रहेकाे छ।

 


Thali Mobile Pvt.Ltd.