भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

कोशी नदीमा पानीको बहाव खतरा तहमा पुग्यो, सचेत रहन आग्रह

कोशी नदीमा पानीको बहाव खतरा तहमा पुग्यो, सचेत रहन आग्रह

काठमाडौं । निरन्तरको वर्षाका कारण कोशी नदीमा पानीको बहाव खतरा तहमा पुगेको छ । धनुषा, कैलाली, सिन्धुपाल्चोक, बर्दीयालगायतका जिल्लाका खोला र नदीमा पानीको बहाव बढेको छ ।

यस्तै सिन्धुली, इलाम, मोरङ, सप्तरी, बारा, कञ्चनपुर, पोखरा आसपासको क्षेत्रमा पनि ठूलो पानी परिरहेकाले यस क्षेत्र भई बहने खोलाको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । पछिल्लो १२ घण्टामा धनुषामा सबैभन्दा धेरै एक सय १६ मिलिमिटर वर्षा भएको छ । कैलालीमा एक सय १२, सिन्धुपाल्चोकमा ८३ दशमलव ६ र बर्दीयामा ८० दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा कोशी र मधेस प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा अति वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुनी प्रणाली पर्सि बिहीवारसम्म नै सक्रिय हुने र मौसममा सुधार नआउने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.