भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

१९ राष्ट्रका सैनिकहरूले के अभ्यास गर्दै छन् नेपालमा ?

१९ राष्ट्रका सैनिकहरूले के अभ्यास गर्दै छन् नेपालमा ?

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा सहभागी हुने फौजका लागि अभ्यास शान्ति प्रयासको चौथो संस्करण सञ्चालनको तयारी पुरा भएको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा फाल्गुण ८ गतेबाट २१ गतेसम्म अभ्यास सञ्चालन हुनेछ ।

संयुक्त राज्य अमेरिकी सरकारको ग्लोबल पिस इनिसिएटिभको सहयोग एवं नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा अभ्यास सञ्चालन हुन लागेको हो । नेपालमा सन् २००० मा पहिलो पटक अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो । यस्तै, सन् २०१३ र सन् २०१७ मा यस अभ्यासका दोस्रो तथा तेस्रो संस्करण सञ्चालन भइसकेका छन् ।

अभ्यास शान्ति प्रयासमा नेपालसहित १९ राष्ट्रका सैनिकहरूको सहभागिता रहनेछ । जस अन्तरगत फिल्ड ट्रेनिङ इभेन्टमा नेपाली सेनाका दुई तथा अन्यदेशका १० गरी जम्मा १२ प्लाटूनका ६८९ जना, स्टाफ ट्रेनिङ इभेन्टमा नेपाली सेनाका ३१ र विदेशी सेनाका ७९ गरी जम्मा ११० जना र क्रिटिकल इनेब्लर एन्ड क्यापाबिलिटी इन्हान्समेन्टमा नेपाली सेनाका २६९ र विदेशी सेनाका ५७ गरी जम्मा ३२६ जना गरी कुल ११२५ जना सहभागी हुनेछन् ।

अभ्यासबाट शान्ति स्थापना कार्यमा देखा परेका चुनौतीहरूको बारेमा सहभागी राष्ट्रका सैनिकहरू अवगत हुनुको साथै ती चुनौतीहरू सामना गर्न आवश्यक क्षमता एवं समान व्यावसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.