भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सामाजिक जागरण र समभावको विकास गर्न सबैमा राष्ट्रपति पौडेलको आग्रह

सामाजिक जागरण र समभावको विकास गर्न सबैमा राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं । जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध रहेको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन र जातीय छुवाछुत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिँदै बताएका हुन ।

‘यो दिवसबाट आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक तथा जातीय आधारमा हुने सबै प्रकारका विभेद तथा उत्पीडन क्रमशः अन्त्य हुँदै जाने आधारहरू निर्माण गर्न सम्बन्धित निकायहरू सक्रिय हुने छन् भन्ने विश्वास लिएको छु’, उनको सन्देशमा उल्लेख छ।

उनले लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउन तिनै तहका सरकारी निकाय, राजनीतिक दल, सरकारी संघसंस्था, नागरिक समाज र सञ्चारकर्मीलाई संवेदनशील हुन आग्रह पनि गरेका छन्।

उनले यो दिवसले मुलुकमा सामाजिक जागरण र समभावको विकास गर्न सबै जात, जाति र समुदायबिच सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्। उनले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसबाट सुसंस्कृत र छुवाछुतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.