भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हुरीका कारण चितवनको केराखेतीमा १२ करोड रुपैयाँको क्षति

हुरीका कारण चितवनको केराखेतीमा १२ करोड रुपैयाँको क्षति

चितवन । हुरीका कारण चितवनको केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकालगायतमा लगाइएको ४० लाख ८७ हजार पाँच सय केराका बोटमा क्षति पुगेको छ ।

सङ्घका महासचिव जनक पन्तकाले हुरीका कारण १२ करोड रुपैयाँ बराबरको केरा नष्ट भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिनुभयो । ७० जना व्यावसायिक किसानले लगाएको केरामा पूर्णरुपमा क्षति भएको छ भने अरुको आंशिक क्षति भएको उहाँले बताउनुभयो ।

चितवनमा अहिले तीन हजार पाँच सय बिघा क्षेत्रफलमा केरा खेती गरिँदै आइएको छ । सात सय किसानले केरा खेती गरेका चितवन केरा उत्पादक सङ्घले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.