भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौंका मेयर बालेन साहको एमाले अध्यक्ष ओलीलाई जेल जान तयार भएर बस्नू भन्दै चेतावनी

काठमाडौंका मेयर बालेन साहको एमाले अध्यक्ष ओलीलाई जेल जान तयार भएर बस्नू भन्दै चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एमाले अध्यक्ष ओलीप्रति आक्रोश पोखेका छन्। न्युरोडमा आफूले भत्काएको फुटपाथ सडक विभागले टाल्न थालेपछि उनले ओलीमाथि आक्रोश पोखेका हुन ।

उनले गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा ओली संलग्न रहेको भन्दै उनले बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाएको समेत भनेका छन्। उनले पहिले पनि विभिन्न कर्तुत गरेर जेल परेको भन्दै फेरि जेल जान तयार हुन चेतावनी दिए। बालेनले ‘१० हजार करोड रुपैयाँको काण्ड लुकाउन’ आफ्नो काममा अवरोध पुर्‍याएको भन्नसमेत भ्याए।

स्वतन्त्रबाट मेयर बनेका बालेन साह निर्वाचित हुनेबित्तिकै ओलीकै आशीर्वाद लिन बालकोट पुगेका थिए। ‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ’, उनले फेसबुमा लेखेका छन् ‘अब बल्ल देश बन्ने भएछ।

आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाईँको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौँ।’ ‘अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला। ‘नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला’, उनले फेसबुकमा लेखेका छन्, ‘हुन त, पहिले पनि जेल बस्नु भएको हो।’

न्युरोडमा बालेनले फुटपाथका लागि सडक भत्काएपछि क्षेत्राधिकार मिचेर सडक नभत्काउन सडक विभागले चेतावनी दिएको थियो। त्यसपछि काठमाडौं महानगरका मेयर साह लगातार एमाले अध्यक्ष ओलीसँग आक्रोशित हुँदै आएका छन्।

 


Thali Mobile Pvt.Ltd.