भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

अयोध्या–धामको नाममा जग्गा नहुँदा समस्या

अयोध्या–धामको नाममा जग्गा नहुँदा समस्या

चितवन, २० जेठ। यहाँको माडीस्थित अयोध्याधामको आफ्नै नाममा जग्गा नहुँदा सरकारी बजेट विनियोजन गरी विकास निर्माण गर्न कठिन भएको छ । विसं २०७७ असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याधामको घोषणा गरेका थिए।

प्रधानमन्त्री ओलीले घोषणा गरे लगत्तै विसं २०७८ साल वैशाख ८ गते मूर्ति प्रतिस्थापन गरिएको थियो । मूर्ति प्रतिस्थापन भएपछि धाम विकासका लागि बजेट माग गरिए पनि आफ्नै जग्गा नहुँदा विनियोजनमा समस्या भएको छ ।

माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले धाम घोषणा भएको पाँच वर्षसम्म पनि जग्गा धामको नाममा नहुँदा सोचे अनुसार काम गर्न नपाएको बताए । उनले भने, “जग्गा प्राप्तिका लागि प्रक्रियामा छौँ । जग्गा प्राप्ति हुनासाथ धाम निर्माण प्रक्रिया अघि बढ्छ ।” अहिले जग्गा प्राप्तिका लागि वडा, नगरपालिकाबाट निर्णय गरेर पठाइएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारीसहितको टोली धाम स्थलमा बैठक बसेको छ । आवश्यक कागजात पूरा गरेर जग्गाका लागि मन्त्रालयमा सिफारिस गरिने उनले जानकारी दिए। धाम निर्माणका अगुवा स्थानीय श्याम विष्टका अनुसार माडी नगरपालिका–९ मा प्रति ऐलानी, खोलाको उकास र खोलाले विस्थापित गरेपछि व्यक्तिले छाडेकोसहित गरी १०० बिघा जमिन धामका लागि छुट्याइएको छ । संस्था दर्ता गरेर आवश्यक कागजात जिल्ला प्रशासन कार्यालयमा बुझाएपछि प्रक्रिया अघि बढ्ने छ ।

धाम घोषणा भएसँगै बागमती प्रदेशको पर्यटन मन्त्रालयबाट बनेको गुरुयोजना जग्गा प्राप्तिका कारण अनुमोदन हुन सकेको छैन । माडी नगरपालिका–९ का पूर्ववडाध्यक्ष शिवहरि सुवेदीले धामको नाममा जग्गा उपलब्ध नहुँदा प्राप्त बजेट समेत कार्यान्वयनमा समस्या भएको बताए । आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपनि आवश्यकताअनुसार विकास गर्न नसकिएको उनको भनाइ छ ।

धामको पूजा व्यवस्थापन समितिका अध्यक्ष मथुराबहादुर भण्डारीले हाल यहाँ सामान्य संरचना निर्माण भइरहेको बताए । “अहिले यहाँ अस्थायी रुपमा मन्दिर निर्माण गरेर राम, सीता, लक्ष्मण, हनुमानको मूर्ति राखिएको छ”, उनले भने । उनका अनुसार सो क्षेत्रमा ४० जना क्षमताको धर्मशाला, खानेपानीलगायतको पूर्वाधार निर्माण गरिएको छ । यसका लागि करिब रु ८५ लाख खर्च भइसकेको छ ।

हाल बागमती प्रदेश सरकारले विनियोजन गरेको रु एक करोड ५० लाख बजेट भौतिक संरचना निर्माणबाहेक जग्गा संरक्षणमा मात्रै खर्च गर्ने गरी ठेक्का सम्झौता भएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.