भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती, राति भएको सहमति कार्यान्वयन हुन बाँकी

सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती, राति भएको सहमति कार्यान्वयन हुन बाँकी

काठमाडौँ, २० जेठ ।  सरकार र यातायात व्यवसायीबीच गएराति भएको सहमति कार्यान्वयनमा नआउँदा आज पनि राजधानीलगायतका सडकमा सार्वजनिक सवारी साधन न्यून छन् ।

साझा यातायात, मयुर यातायात जस्ता केही सेवा भने नियमित रूपमा सञ्चालन भए पनि अधिकांश गाडी नचलेका कारण यात्रुहरू सास्तीमा परेका छन् । कतिपय गन्तव्यसम्म यात्रुहरू पैदलै पुगिरहेका छन् भने कोही राइड सेयरिङ सेवा जस्तै पठाओ, इनड्राइभ, याङ्गोमा भर परिरहेका छन् ।

सरकार र व्यवसायीबीच भएको सहमतिअनुसार गण्डकी प्रदेशले ल्याएको नियमावली-जसले निजी सवारीलाई सार्वजनिक यात्रुवाहनमा प्रयोग गर्न दिने व्यवस्था गरेको थियो-त्यसलाई स्थगन गर्न प्रधानमन्त्री कार्यालयले पत्राचार गर्ने सहमति भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार पत्राचार प्रक्रिया सुरु भएपछि आन्दोलन फिर्ता लिइनेछ । आज कार्यालय खुलेपछि मात्र पत्राचार सम्भव हुने भएकाले बिहानको समयमा सार्वजनिक यातायात सेवा सामान्य अवस्थामा फर्किन सकेको छैन ।

सरकारले सन् २०१८ (वि.सं. २०७५) मा सार्वजनिक यातायातमा सिन्डिकेट प्रणाली अन्त्य गरेको घोषणा गरे पनि हाल पुनः व्यवसायीहरू त्यसलाई पुनर्जीवित गर्न खोजेको आरोप लागेको छ ।

 


Thali Mobile Pvt.Ltd.