भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नयाँ पार्टी खोल्दैमा वैकल्पिक पार्टी बन्दैनः बाबुराम भट्टराई

नयाँ पार्टी खोल्दैमा वैकल्पिक पार्टी बन्दैनः बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ पार्टी खोल्दैमा वैकल्पिक पार्टी नबन्ने बताएका छन् । शनिबार डा.मुक्ति रिजालद्वारा लिखित ‘बाबुराम:अ भिजनरी रिबेल’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले वैकल्पिक पार्टी बन्नका लागि वैकल्पिक सोच र कार्यक्रम आवश्यक रहेको बताएका हुन् ।

भट्टराईले स्वतन्त्रता, समानता र भ्रातृत्वलाई आधुनिक दर्शनको रूपमा व्याख्या गरिएको जिकिर गरे । तर पुँजीवाद र उदारवादले व्यक्तिगत र निजी स्वतन्त्रता, बजार अर्थतन्त्रको नाममा समानता र भ्रातृत्वलाई बिर्सने र साथै कम्युनिस्टले समानताको नाममा वर्गीय समानताको मात्र कुरा गरेर भ्रातृत्व र स्वतन्त्रताको कुरा छाडिदिने गरेको टिप्पणी गरे ।

 


Thali Mobile Pvt.Ltd.