भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पहिरोमा ज्यान गुमाएहरूका आफन्तलाई राहत वितरण

पहिरोमा ज्यान गुमाएहरूका आफन्तलाई राहत वितरण

भक्तपुर । तीन दिन लगातार असोज १० देखि १२ गतेसम्म अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ज्यान गुमाएका मृतकका आफन्तलाई राहत उपलब्ध गराएको छ । जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुर मार्फत संघिय र प्रदेश सरकारले मृतकका आफन्तलाई प्रति परीवार २ लाख र प्रदेश सरकारको तर्फबाट एक लाख रुपैयाँ गरी तीनतीन लाख रुपैयाँ राहत उपलब्ध गराएको हो ।

सूर्यविनायक नगरपालिका ८ स्थित आसापुरीमा पहिरोमा परी मृत्यु भएका दुई जनाको परीवारलाई जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले राहत रकम हस्तान्तरण गुर्नुभएको हो । आसापुरीको पहिरोमा परी दीदी र बहिनीको मृत्यु भएको थियो । त्यस्तै सूर्यविनायक नगरपालिकाकै पलासेमा गएको पहिरोमा पुरिएर मृत्यु भएका कालिकोट घर भएका मृतकका आफन्तलाई खाता मार्फत राहत रकम पठाइएको छ ।

मृतको काजकृया गर्न आफन्त कालिकोट पुगेकाले राहत रकम परीवारकै बैंक खातामा हालिएको प्रमुख जिल्ला अधिकरी श्रेष्ठले बताइन् । एक गर्भवती महिलासहित उनकी छोरी र बहिनीको पहिरोमा परी मृत्यु भएको थियो । यस्तै विस्थापित परिवारलाई नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले टेन्ट र भाँडाकुडा वितरण गरेको थियो । भक्तपुरमा अझैपनि ४० घर पहिरोको उच्च् जोखिममा रहेका छन् । बिहीवार मात्रै उच्च जोखिममा रहेका ७ घर परीवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

 


Thali Mobile Pvt.Ltd.