भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार

बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार

बाजुरा, ८ भदाै । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान गरेको छ ।

बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का र जिल्ला प्रहरी प्रमुख शैलेश्वरी बोहरासहितको टोलीलाई बाजुराको सदरमुकाम मार्तडीबाट सोमबार बाजागाजा र सुरक्षाकर्मीको सलामीसहित बिदाइ गरिएको हो ।

सरकारी टोली बडीमालिका प्रस्थान गरेको अवसरमा बडीमालिका नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ । प्रहरी प्रमुखकै नेतृत्वमा सरकारी टोली बडीमालिका गएकोले यस वर्ष दर्शनार्थीको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।

बडीमालिकामा भदौ ११ गते मुख्य पूजा हुने कार्यक्रम छ । मुख्य पूजाका लागि सुदूरपश्चिम प्रदेश सरकारसहित कैलाली, डोटी, जुम्ला र कालिकोटबाट समेत सरकारी टोली बडीमालिकातर्फ प्रस्थान गरिसकेका छन् ।

हरेक वर्ष बडीमालिकामा हुने पूजामा देशका विभिन्न स्थानबाट ठूलो संख्यामा तीर्थयात्री तथा श्रद्धालु पुग्ने गर्छन् । धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यका कारण बडीमालिका पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित हुँदै गएको छ ।

४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार

बडीमालिका पुग्ने तीर्थयात्रीको सञ्चार सुविधालाई ध्यानमा राख्दै नेपाल टेलिकमले यस वर्ष बडीमालिका क्षेत्रमा फोरजी सेवा विस्तार गरिरहेको छ । समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिका क्षेत्रमा फोरजी सेवा विस्तारको काम भइरहेको हो ।

दुर्गम तथा उच्च हिमाली क्षेत्रमा पुग्ने तीर्थयात्रीलाई मोबाइल तथा इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चार सेवा विस्तार गरिएको हो ।

पूजा तथा दर्शनका लागि सरकारी टोलीसँगै विभिन्न जिल्लाबाट तीर्थयात्रीसमेत बडीमालिकातर्फ जाने क्रम बढेको छ । सुरक्षाकर्मीको नेतृत्वमा सरकारी टोली परिचालन भएपछि यस वर्ष बडीमालिका क्षेत्रमा दर्शनार्थीको सुरक्षा र व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.