भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

रानिकोटमा अवस्थित प्राकृतिक बाघ भैरव जात्रा बैशाख २९ गते भव्य रूपमा मनाइने

रानिकोटमा अवस्थित प्राकृतिक बाघ भैरव जात्रा बैशाख २९ गते भव्य रूपमा मनाइने

भक्तपुर । काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सीमानामा रहेको ऐतिहासिक तथा धार्मिक बाघ भैरवको जात्रा आउँदो सोमबार, बैशाख २९ गते, भव्य रूपमा आयोजना हुने भएको छ। नेपाल संवत ११४५ को बछलाथ्व पुन्हि पर्वको अवसरमा आयोजना हुने जात्रा सांस्कृतिक, धार्मिक र सामाजिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिन्छ।

जात्रामा सहभागिता जनाउन सम्पूर्ण श्रद्धालु, समाजसेवी, राजनैतिक, धार्मिक तथा सांस्कृतिक व्यक्तित्वहरूलाई आयोजकले निमन्त्रणा गरेका छन्। परम्परागत नेवारी बाजा-धिमे, बासुरी, झाँकी तथा पञ्चेबाजाको संगीतमय प्रस्तुतिले जात्रालाई झनै जीवन्त बनाउनेछ। बिहान १० बजेदेखि सुरु हुने कार्यक्रम साँझसम्म निरन्तर चल्नेछ।

जात्राको प्रमुख व्यवस्थापनमा फुल्चोकी नेवा कल्याण समाज रहेको छ। नेवा देय दबु पनौती–१ सह–व्यवस्थापनमा रहँदा, फुल्चोकी धिमे तथा बासुरी खलले सांस्कृतिक प्रस्तुतिमा सहयोग पुर्‍याउनेछन्। पनौती वडा नं १ कार्यालय जात्राको मुख्य सहयोगी संस्थाका रूपमा रहनेछ।

धार्मिक आस्थाको केन्द्र र सांस्कृतिक गौरवको परिचायक यो जात्राले रानीकोटको मौलिक पहिचानलाई झल्काउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। स्थानीयवासीको सक्रिय सहभागिता र श्रद्धालुहरूको उपस्थितिले जात्रालाई अझ भव्य बनाउने अपेक्षा गरिएको छ।

 

 


Thali Mobile Pvt.Ltd.