भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रानिकोटमा अवस्थित प्राकृतिक बाघ भैरव जात्रा बैशाख २९ गते भव्य रूपमा मनाइने

रानिकोटमा अवस्थित प्राकृतिक बाघ भैरव जात्रा बैशाख २९ गते भव्य रूपमा मनाइने

भक्तपुर । काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सीमानामा रहेको ऐतिहासिक तथा धार्मिक बाघ भैरवको जात्रा आउँदो सोमबार, बैशाख २९ गते, भव्य रूपमा आयोजना हुने भएको छ। नेपाल संवत ११४५ को बछलाथ्व पुन्हि पर्वको अवसरमा आयोजना हुने जात्रा सांस्कृतिक, धार्मिक र सामाजिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिन्छ।

जात्रामा सहभागिता जनाउन सम्पूर्ण श्रद्धालु, समाजसेवी, राजनैतिक, धार्मिक तथा सांस्कृतिक व्यक्तित्वहरूलाई आयोजकले निमन्त्रणा गरेका छन्। परम्परागत नेवारी बाजा-धिमे, बासुरी, झाँकी तथा पञ्चेबाजाको संगीतमय प्रस्तुतिले जात्रालाई झनै जीवन्त बनाउनेछ। बिहान १० बजेदेखि सुरु हुने कार्यक्रम साँझसम्म निरन्तर चल्नेछ।

जात्राको प्रमुख व्यवस्थापनमा फुल्चोकी नेवा कल्याण समाज रहेको छ। नेवा देय दबु पनौती–१ सह–व्यवस्थापनमा रहँदा, फुल्चोकी धिमे तथा बासुरी खलले सांस्कृतिक प्रस्तुतिमा सहयोग पुर्‍याउनेछन्। पनौती वडा नं १ कार्यालय जात्राको मुख्य सहयोगी संस्थाका रूपमा रहनेछ।

धार्मिक आस्थाको केन्द्र र सांस्कृतिक गौरवको परिचायक यो जात्राले रानीकोटको मौलिक पहिचानलाई झल्काउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। स्थानीयवासीको सक्रिय सहभागिता र श्रद्धालुहरूको उपस्थितिले जात्रालाई अझ भव्य बनाउने अपेक्षा गरिएको छ।

 

 


Thali Mobile Pvt.Ltd.