भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

स्वास्थ्य बीमा बोर्डको कार्य क्षमता सुधार गर्न अस्थायी जनशक्ति थपिने

स्वास्थ्य बीमा बोर्डको कार्य क्षमता सुधार गर्न अस्थायी जनशक्ति थपिने

काठमाण्डौ। स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन कार्यलाई सहज बनाउन अस्थायी दरबन्दी थप गरिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको प्रस्तावमा मन्त्रिपरिषद्ले सहमति जनाउँदै बोर्डका लागि चार सय दुई अस्थायी जनशक्ति थप्ने निर्णय गरेको हो।

बोर्डमा जनशक्ति अभावका कारण, साउन महिना सम्मको दाबी मात्र मूल्याङ्कन गर्न सकिएको थियो। अब थप हुने जनशक्तिले चालु आर्थिक वर्षभित्र बाँकी दाबीहरूको मूल्याङ्कन कार्य पूरा गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

यसै गरी, स्वास्थ्य बीमा बोर्डको कार्यसम्पादनमा सुधार ल्याउन खजुरा, धनगढी र डडेलधुरा अस्पतालका लागि पनि अस्थायी दरबन्दी स्वीकृत गरिएको छ। खजुरामा एक सय २९, धनगढीमा एक सय ४१ र डडेलधुरामा तीन सय १३ जनाको अस्थायी दरबन्दी थप गरिनेछ। यसले ती अस्पतालहरूमा रहेको जनशक्ति अभावको समस्या समाधान गर्ने विश्वास गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.