भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्वास्थ्य बीमा बोर्डको कार्य क्षमता सुधार गर्न अस्थायी जनशक्ति थपिने

स्वास्थ्य बीमा बोर्डको कार्य क्षमता सुधार गर्न अस्थायी जनशक्ति थपिने

काठमाण्डौ। स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन कार्यलाई सहज बनाउन अस्थायी दरबन्दी थप गरिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको प्रस्तावमा मन्त्रिपरिषद्ले सहमति जनाउँदै बोर्डका लागि चार सय दुई अस्थायी जनशक्ति थप्ने निर्णय गरेको हो।

बोर्डमा जनशक्ति अभावका कारण, साउन महिना सम्मको दाबी मात्र मूल्याङ्कन गर्न सकिएको थियो। अब थप हुने जनशक्तिले चालु आर्थिक वर्षभित्र बाँकी दाबीहरूको मूल्याङ्कन कार्य पूरा गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

यसै गरी, स्वास्थ्य बीमा बोर्डको कार्यसम्पादनमा सुधार ल्याउन खजुरा, धनगढी र डडेलधुरा अस्पतालका लागि पनि अस्थायी दरबन्दी स्वीकृत गरिएको छ। खजुरामा एक सय २९, धनगढीमा एक सय ४१ र डडेलधुरामा तीन सय १३ जनाको अस्थायी दरबन्दी थप गरिनेछ। यसले ती अस्पतालहरूमा रहेको जनशक्ति अभावको समस्या समाधान गर्ने विश्वास गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.