भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

कक्षा १२ को परीक्षा सुरु हुनु अघि नै प्रश्नपत्र सार्वजनिक !

कक्षा १२ को परीक्षा सुरु हुनु अघि नै प्रश्नपत्र सार्वजनिक !

भक्तपुर। काठमाडौंको गुण्डु, भक्तपुरस्थित वल्ड स्कुलका कक्षा १२ का विद्यार्थीहरूले परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र प्राप्त गरेको खुलासा भएको छ। सामाजिक सञ्जालमार्फत शिक्षा पत्रकार मकर श्रेष्ठले सार्वजनिक गरेको जानकारी अनुसार, विद्यार्थीहरू प्रश्नपत्र पाएको भन्दै उत्साहित हुँदै मोबाइलमा हेर्दै गरेको दृश्य देखिएको छ।

श्रेष्ठले फेसबुकमा लेखेका छन्, “परीक्षा सुरु हुनुभन्दा अघि नै काठमाडौं वल्ड स्कुलका विद्यार्थी ‘प्रश्नपत्र पायौं’ भन्दै उफ्रिरहेका छन्, कसरी यस्तो हुन्छ ?” उनले थप लेखेका छन्, “सबैजना मोबाइल हेर्न थाले, म त हेरेको हे¥यै भए।”

आज आइतबारदेखि कक्षा १२ को राष्ट्रिय स्तरको परीक्षा सुरु भएको छ। यति संवेदनशील समयमा प्रश्नपत्र समयभन्दा अघि बाहिरिएको भनाइले परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले घटनाबारे छानबिन सुरु गरेको छ कि छैन भन्ने विषयमा अझै आधिकारिक प्रतिक्रिया आएको छैन। यदि सो आरोप पुष्टि भयो भने सम्बन्धित विद्यालय र संलग्न कर्मचारीहरूमाथि कारबाही हुनुपर्छ ।

विद्यार्थीको भविष्यसँग सम्बन्धित यस्ता लापरवाही घटनाले सम्पूर्ण शिक्षा प्रणालीको विश्वसनीयता गुम्न सक्ने शिक्षा विज्ञहरूको चेतावनी छ। स्थानीय अभिभावक र विद्यार्थीले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.