काठमाडौँ, ३१ जेठ । बाग्लुङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ भने घाइतेको संख्या १० पुगेको छ। दुर्घटना ढोरपाटन नगरपालिका–५, अस्तुमा हिजो बेलुका भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाका अनुसार, मृत्यु हुनेहरूमा ७० वर्षीय नरबहादुर कार्की, ७५ वर्षीया भीमकुमारी बुढा, मनकुमारी थापा र २१ वर्षीया टीकाकुमारी कुँवर छन्। दुर्घटनामा घाइते भएका चालक २७ वर्षीय गोविन्द थापासहित १० जनाको उपचार जारी छ।
घाइतेमध्ये आठ जनाको मणिपाल अस्पताल पोखरामा र दुई जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ भने दुई जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
दुर्घटना भएको जीप लुम्बिनी प्रदेश नम्बर ०१, च १७७५ नम्बरको रहेको थियो र यसमा चालकसहित १६ जना सवार थिए। जीप बुर्तिबाङ बजारबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै थियो। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, २७ असार । नेपाली नारीहरूको उत्सव तीज नजिकिँदै गर्दा, सांगीतिक र प्रभावशाली कृति ‘मधु’ सार्वजनिक भएकाे छ । गायिका हरिमाया कार्कीको मौलिक सिर्जनामा तयार भएको गीत हरिमाया कार्की...
सुर्खेत, २७ असार । खण्डकाव्यकार कृष्ण प्रसाद जैसी (रुपाखेती) द्वारा लिखित नयाँ खण्डकाव्य ‘श्रद्धाञ्जली’ को विमोचन वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ। दैलेखी सेवा समाज, सुर्खेतको आयोजनामा भएको उक्त समारोहमा...
काठमाडौँ, २७ असार । नेपाल राष्ट्र बैंकले संशोधित एकीकृत निर्देशनमार्फत लघुवित्त संस्थाहरूलाई स्थिर ब्याजदर (Fixed Interest Rate) पनि प्रकाशित गर्न अनिवार्य गरेको छ। नयाँ व्यवस्थाअनुसार, अब ग्राहकहरूले कर्जा लिँदा...
काठमाडौँ, २७ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा अब खादा, माला तथा संस्थागत चिन्ह झल्किने पोशाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ। अध्यागमन कार्यालयले सूचना जारी गर्दै सुरक्षाको...