भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बाग्लुङमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगे, १० जना घाइते

बाग्लुङमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगे, १० जना घाइते

काठमाडौँ, ३१ जेठ । बाग्लुङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ भने घाइतेको संख्या १० पुगेको छ। दुर्घटना ढोरपाटन नगरपालिका–५, अस्तुमा हिजो बेलुका भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाका अनुसार, मृत्यु हुनेहरूमा ७० वर्षीय नरबहादुर कार्की, ७५ वर्षीया भीमकुमारी बुढा, मनकुमारी थापा र २१ वर्षीया टीकाकुमारी कुँवर छन्। दुर्घटनामा घाइते भएका चालक २७ वर्षीय गोविन्द थापासहित १० जनाको उपचार जारी छ।

घाइतेमध्ये आठ जनाको मणिपाल अस्पताल पोखरामा र दुई जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ भने दुई जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

दुर्घटना भएको जीप लुम्बिनी प्रदेश नम्बर ०१, च १७७५ नम्बरको रहेको थियो र यसमा चालकसहित १६ जना सवार थिए। जीप बुर्तिबाङ बजारबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै थियो। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।

 


Thali Mobile Pvt.Ltd.