भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यातायात व्यवस्था कार्यालय भरतपुरका सहायक कर्मचारी नगदसहित पक्राउ

यातायात व्यवस्था कार्यालय भरतपुरका सहायक कर्मचारी नगदसहित पक्राउ

काठमाण्डौ, ३१ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय भरतपुर चितवनका कार्यालय सहायकलाई नगदसहित पक्राउ गरेको छ ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय चितवनका कार्यालय सहायक ईन्द्रजित गुरुङसहित बिचौलिया पनि पक्राउ परेका छन् ।

गुरुङको कार्यकक्षबाट एक लाख ८५ हजार रुपैयाँ नगदसहित बिचौलिया सुरज पाठक र गुरुङसमेतलाई कार्यालय परिसरबाट पक्राउ गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । लाइसेन्स परीक्षामा असफललाई पास गराउन रकम लिने गरिएको र गैर कानूनीकार्य भएको उजुरीका आधारमा उनीहरु पक्राउ परेका आयोगले जनाएको छ ।

त्यसैगरी कार्यालय प्रमुख बिष्णु भट्टराई तथा अन्य कर्मचारी, विभिन्न ड्राइभिइ सेन्टरका सञ्चालकको विद्युतीय उपकरण र अन्य कागजातसमेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.