भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

पोर्चुगलमा रेल दुर्घटना : कम्तीमा १५ मृतक, १८ घाइते

पोर्चुगलमा रेल दुर्घटना : कम्तीमा १५ मृतक, १८ घाइते

एजेन्सी, १९ भाद्र । पोर्चुगलको पहाडी मार्ग ‘ग्लोरिया’ मा भएको रेल दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

पोर्चुगल आपतकालीन सेवाका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने बाँकी १३ जनाको अवस्था सामान्य छ। घटनास्थलमा फसेका केही व्यक्तिलाई सुरक्षित निकालिएको बीबीसीले जनाएको छ। दुर्घटनाको कारण अहिलेसम्म पत्ता लागेको छैन।

ग्लोरिया पहाडी रेल सन् १८८५ मा उद्घाटन भएको थियो र तीन दशकपछि यसलाई बिजुलीमा रूपान्तरण गरिएको थियो। लिस्बनको हिलो–ढलान सडक हुँदै यात्रा गर्न यो रेल महत्वपूर्ण यातायात माध्यमका रूपमा प्रयोग हुँदै आएको छ।

 


Thali Mobile Pvt.Ltd.