भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, यी हुन् नयाँ मन्त्री र उनीहरूको जिम्मेवारी

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, यी हुन् नयाँ मन्त्री र उनीहरूको जिम्मेवारी

मकवानपुर, ३० साउन । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार (३० साउन २०८२) नेपाली कांग्रेसबाट थप पाँच मन्त्री नियुक्त गर्दै आफ्नो नेतृत्वको मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।

यसअघि बानियाँले आफूसहित नौ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए, जसमा कांग्रेसका तीन र सत्ता साझेदार नेकपा एमालेका छ मन्त्री थिए । अब नयाँ मन्त्रीहरू थपिएपछि मन्त्रालयको कार्यविभाजन यसप्रकार छः 

मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजन सूची

  • इन्द्रबहादुर बानियाँ – मुख्यमन्त्री (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
  • मधुसूधन पौडेल – कृषि तथा पशुपन्छी विकास मन्त्री
  • शिवराज अधिकारी -आन्तरिक मामिला तथा कानुन मन्त्री
  • किरण थापामगर – स्वास्थ्य मन्त्री
  • उर्मिला नेपाल – युवा तथा खेलकुद मन्त्री
  • कन्चन चन्द्र वादे – सामाजिक विकास मन्त्री
  • डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकास मन्त्री
  • प्रभात तामाङ – आर्थिक मामिला तथा योजना मन्त्री
  • भरतबहादुर केसी – वन तथा वातावरण मन्त्री
  • सुरेश श्रेष्ठ – संस्कृति तथा पर्यटन मन्त्री
  • जयराम थापा – श्रम, रोजगार तथा यातायात मन्त्री
  • कृष्णकुमार तामाङ – खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री
  • विन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री
  • विनु रायमाझी पौडेल – सहकारी तथा गरिबी निवारण मन्त्री

 


Thali Mobile Pvt.Ltd.