भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

पाटनको खिपाली मोडमा जिप खस्दा दुईको मृत्यु, छ घाइते

पाटनको खिपाली मोडमा जिप खस्दा दुईको मृत्यु, छ घाइते

धनगढी,  २८ असार । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

शनिबार बिहान करिब ६ बजे सुदूरपश्चिम प्रदेश ०१–००१ ज १३७२ नम्बरको जिप धनगढीबाट गोकुलेश्वरतर्फ जाँदै गर्दा सडकबाट करिब ७० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका डिलासैनी गाउँपालिका–१ का २४ वर्षीय जिप चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण चौधरीको उपचारको क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी टेकबहादुर जोराले जानकारी दिए। दुर्घटनामा छ जना यात्रु घाइते भएका छन्।

घाइतेमध्ये ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीया कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री, र २५ वर्षीय हेमन्त प्रसाद भट्ट रहेका छन्।

तीमध्ये कमला धामी र राजेन्द्र खत्रीको अवस्था गम्भीर रहेकोले डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। हालसम्म दुर्घटनाको स्पष्ट कारण खुलेको छैन भने प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान अगाडि बढाइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.