भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

निसा रावलको स्वरमा ‘तेरा जोवनको’ सार्वजनिक

निसा रावलको स्वरमा ‘तेरा जोवनको’ सार्वजनिक

काठमाडौं, २८ असार । नयाँ नेपाली देउडा गीत ‘तेरा जोवनको’ सार्वजनिक गरिएको छ। गायिका निसा रावलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा स्वर, शब्द र संगीत निसा रावलकै रहेकाे छ । 

गायिका निसा रावल र गायक सुनिल नेपालीको स्वरमा सजिएको गीतमा प्रेम र सांगीतिक मिठास समेटिएको छ। गीतको सङ्गीत संयोजन साथै मिक्सिङ र मास्टरिङ दीपक संगम बिसीले गरेका छन्। गीतको रेकर्डिङ मधुमाला डिजिटल स्टुडियोमा गरिएको हो।

भिडियो पक्षमा समेत सशक्त रूपमा प्रस्तुत भएको गीतलाई मिषा रावलले निर्देशन गरेकी हुन्। भिडियोमा वर्षा भण्डारी र राजेन्द्र बिष्टले अभिनय गरेका छन् भने छायांकन हरिश महराले र सम्पादन विनोद बमले गरेका हुन्। सम्पादन कार्य साङ्ग्रिला क्रिएसन, काठमाडौंमा सम्पन्न गरिएको हो।

गीतको डिजिटल व्यवस्थापन स्मार्ट नेपाल मिडिया प्रा.लि. द्वारा गरिएको छ। डिजिटल व्यवस्थापकका रूपमा भास्कर श्रेष्ठ रहेका छन्।

प्रेम, यौवन र भावनाको समिश्रण रहेको गीत ‘तेरा जोवनको’ दर्शक तथा श्रोतालाई एक फरक सांगीतिक स्वाद दिन सक्ने विश्वास गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.