भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

रसुवागढीको पुल बग्दा तीर्थयात्री समस्यामा, वैकल्पिक मार्ग खोल्न टानको आग्रह

रसुवागढीको पुल बग्दा तीर्थयात्री समस्यामा, वैकल्पिक मार्ग खोल्न टानको आग्रह

काठमाडौं, २८ असार । नेपाल–चीन सीमा नजिकैको रसुवागढीस्थित मितेरी पुल बगाएपछि कैलाश मानसरोवर तीर्थयात्रा मार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। पर्वतीय पर्यटक व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) ले एक विज्ञप्ति जारी गर्दै वैकल्पिक नाका खुलाउने र कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ।

गत मङ्गलबार बिहान रसुवाको टिमुरे क्षेत्रमा अविरल वर्षासँगै आएको बाढीले लेहेन्दे खोलाको बहाव उच्च बनेपछि रसुवागढी नाकास्थित मितेरी पुल पूर्ण रूपमा बगाएको थियो। सो पुल चीनको तिब्बतसँगको प्रमुख स्थलगत नाका हो, जहाँबाट नेपाली तथा विदेशी तीर्थयात्रीहरू कैलाश मानसरोवर यात्राका लागि तिब्बत प्रवेश गर्दै आएका थिए।

टानले जारी विज्ञप्तिमा भनिएको छ, “कैलाश मानसरोवर तीर्थयात्राको मुख्य सिजन सुरु भएको समयमा पुल बगाउँदा सयौँ तीर्थयात्रीहरू समस्यामा परेका छन्।” टानले तातोपानी (सिन्धुपाल्चोक), कोरला (मुस्ताङ) र हिल्सा (हुम्ला) नाकाहरू वैकल्पिक रूपमा प्रयोग गर्न सकिने बताउँदै, ती नाकाबाट यात्रा पुनः सञ्चालन गर्ने वातावरण बनाउन नेपाल सरकारलाई आग्रह गरेको छ।

यसका साथै, नेपालस्थित चिनियाँ दूतावाससँग समन्वय गरेर भिसा प्रक्रिया छिटो, सरल र यात्रुमैत्री बनाउन परराष्ट्र मन्त्रालयलाई पनि टानले अपिल गरेको छ।

विकल्प नखोजिए कैलाश मानसरोवर यात्रा प्रभावित हुने निश्चित रहेको भन्दै टानले नेपाल सरकारसँग छिटो पहल गर्न पुनः आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.