भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बैतडीमा भूमिहीन व्यवस्थापनका लागि आयोग र पालिका सक्रिय

बैतडीमा भूमिहीन व्यवस्थापनका लागि आयोग र पालिका सक्रिय

बैतडी, १८ वैशाख । राष्ट्रिय भूमि समस्या समाधान आयोगले बैतडीका दशवटै स्थानीय तहसँग सम्झौता गरी भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ।

आयोगसँगको सम्झौता अनुसार, बैतडीका शिवनाथ र पञ्चेश्वर गाउँपालिकाले यो कार्यलाई तीव्र गतिमा अगाडि बढाएका छन्। पञ्चेश्वर गाउँपालिकाले अभिलेखीकरण गरिएका यस्ता व्यक्तिहरूलाई उनीहरू बसोबास गरिरहेको स्थानमा आवश्यक कागजातसहित दाबीविरोधका लागि सात दिने सूचना जारी गरिसकेको छ।

पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन र अव्यवस्थित बसोबासीहरूलाई चाँडै व्यवस्थापन गर्न तीव्र गतिमा काम भइरहेको बताए। आयोगका अध्यक्ष रमेश पाण्डेयले पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा चालु आर्थिक वर्षभित्रै लालपुर्जा वितरण गर्ने गरी काम अगाडि बढिरहेको जानकारी दिए।

अध्यक्ष पाण्डेयले भने, “पञ्चेश्वरले दाबीविरोधका लागि सूचना जारी गरिसकेको छ। त्यसपछि पालिकाले सार्वजनिक सुनुवाइ गर्नेछ र कार्यपालिकाबाट प्रमाणीकरणपछि जग्गा नापजाँच गरी नक्साङ्कनको काम हुनेछ।” उनले जिल्लाका अन्य स्थानीय तहमा पनि भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि तयारी भइरहेको बताए।

स्रोत: राष्ट्रिय भूमि समस्या समाधान आयोग 

 


Thali Mobile Pvt.Ltd.