भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बैतडीमा पहिरोले घर भत्किँदा एकजना गम्भीर घाइते, १३ पशु मरे, बिपी राजमार्गमा रातिको गाडी सञ्चालनमा रोक

बैतडीमा पहिरोले घर भत्किँदा एकजना गम्भीर घाइते, १३ पशु मरे, बिपी राजमार्गमा रातिको गाडी सञ्चालनमा रोक

बैतडी, १६ भाद्र । बैतडीको सुर्नया गाउँपालिका–२ चौपातामा वर्षासँगै खसेको पहिरोले एक घर भत्किँदा एक जना गम्भीर घाइते भएका छन् भने १३ वटा पशु मरेका छन्।

स्थानीय गिरिस चन्दको दुईतले १२ कोठे घर हिजो राति माथिबाट खसेको पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो।

घरभित्र रहेकी ९० वर्षीया गोदावरी चन्द गम्भीर घाइते भएकी छन्। उहाँलाई उद्धार गरी जिल्ला अस्पताल पुर्याइए पनि अवस्था गम्भीर भएपछि थप उपचारका लागि डडेल्धुरा रिफर गरिएको प्रहरीले जनाएको छ। घरको गोठमा रहेका १३ पशु भने घटनास्थलमै मरेका छन्।

यसैबीच, बिपी राजमार्गमा रातिको समयमा गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ। जिल्ला सुरक्षा समिति काभ्रेको बैठकले थप १५ दिनका लागि राति गाडी चलाउन नदिने निर्णय गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार असार ७ गतेदेखि लागू भएको रोकथामलाई निरन्तरता दिँदै भदौ मसान्तसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइने छ। यो नियम काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म लागू हुने छ।

 


Thali Mobile Pvt.Ltd.