भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी साक्षी कुन्दन देवानको मृत्यु

नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी साक्षी कुन्दन देवानको मृत्यु

काठमाडौँ, १६ भाद्र । नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित मुद्दामा संलग्न एक सरकारी साक्षीको मृत्यु भएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आपराधिक योजनासम्बन्धी मुद्दाका सरकारी साक्षी कुन्दन देवानको मृत्यु भएको काठमाडौँ जिल्ला अदालतले पुष्टि गरेको हो।

यसअघि साक्षीहरूले बकपत्र दिन अटेर गरेपछि गत साउन २७ गते जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पक्राउ गरेरै भए पनि उपस्थित गराउने आदेश दिएको थियो। आदेशअनुसार दिलीप गौतम उपस्थित भए पनि बकपत्र दिन अस्वीकार गरेका थिए। हालसम्म १७ मध्ये ६ जना मात्र सरकारी साक्षीको बकपत्र पूरा भएको अदालतले जनाएको छ।

अदालतका अनुसार बाँकीमध्ये एक (कुन्दन देवान) को मृत्यु भएको, एक जना दुबईमा रहेको, दुई जनाको म्याद तामेली भइसकेको र एक जनाको म्याद श्रीमानमार्फत बुझिए पनि साक्षी अदालतमा उपस्थित नभएको जानकारी गराइएको छ।

अदालतमा बकपत्र दिने साक्षीमा मनिला रायमाझी, कुमार खड्का, गोकुल भट्टराई, भुवनसिंह लिम्बु, खगेन्द्र चेपे र पदम सिंह खत्री छन्।नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा संलग्न भएको आरोपमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्रीसहित ३१ जनाविरुद्ध २०८० जेठ १० गते ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधसम्बन्धी मुद्दा दायर भएको थियो।

प्रतिवादीमध्ये तत्कालीन उपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, संविधानसभा सदस्य आङटावा शेर्पा, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत उच्च राजनीतिक तथा प्रशासनिक तहका व्यक्तिहरू सामेल छन्।

यसैगरी, २०८१ वैशाख ९ गते दावाफुरी शेर्पाले दिएको अर्को जाहेरीका आधारमा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलालसहित पाँच जनाविरुद्ध पूरक मुद्दा दायर भएको थियो। त्यस्तै, भारतबाट पक्राउ परेका बेचन झामाथि समेत २०८१ साउन २९ गते अर्को मुद्दा दायर गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.