भर्खरै : Sorry, your browser does not support inline SVG.

तीन फरक स्थानमा बाढी सतर्कता, स्थानीयलाई सुरक्षित रहन आग्रह

तीन फरक स्थानमा बाढी सतर्कता, स्थानीयलाई सुरक्षित रहन आग्रह

काठमाडौँ, १६ भाद्र । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले आज बिहानको जलस्तर मापनको आधारमा तीन फरक स्थानमा सतर्कताको सूचना जारी गरेको छ।

कञ्चनपुर जिल्लाको जोगबुढा (मायापुरी) जलमापन केन्द्रमा बिहान ७:२० बजे जलसतह सतर्कता तह पार गरेको छ। जलस्तर बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको विभागले जनाएको छ।

यसैगरी, पछिल्ला तीन घण्टामा दोधारा वर्षामापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले त्यस क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउन सक्ने अनुमान गरिएको छ। कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम पनि रहेकाले स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यसैगरी, पाँचथर जिल्लास्थित तमोर जलमापन केन्द्रमा आज बिहान ६:४० बजे जलसतहले सतर्कता तह पार गरेको छ। नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान शाखाले यी क्षेत्रका बासिन्दालाई जोखिमबाट जोगिन सावधानी अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.