भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बजारमा चहलपहल सुरु, प्लास्टिकका फूलले लियो बजार

बजारमा चहलपहल सुरु, प्लास्टिकका फूलले लियो बजार

काठमाडौं । तिहार सुरु भएसँगै बजारभरि छ्याप्छ्याप्ती प्रतिबन्धित प्लास्टिकका फूल भित्रिन थालेको छ । प्राकृतिक फूल भन्दा सस्तो भएकाले प्लास्टिकले बजार लिएको हो । सरकारले प्लास्टिकको फूल गुच्छा उत्पादन, आयात र बिक्री वितरणमा रोक लगाएको छ । तर पनि सहरमा प्लास्टिकको फूल, माला पाउनु सामान्य देखिन्छ । प्लास्टिकका फूल धेरै देखिन थालेपछि स्थानीय तहले सूचना निकालेर नियमन गर्न थालेका छन् ।

काठमाडौं महानगरपालिकाले बिहीबार सूचना निकाल्दै प्लास्टिक तथा प्लास्टिकका पुष्पगुच्छा, माला प्रतिबन्ध गरेको र प्रयोग गरे कारबाही गर्ने जनाएको छ । यस्तै अन्य नगरपालिकाले प्लास्टिकबाट बनेका फूल तथा माला बिक्री वितरणमा रोक लगाउने सूचना जारी गरेका छन् । प्लास्टिक निषेध घोषणा विपरीत बजारमा प्लास्टिक कारोबार भइरहने कुरा नयाँ होइन । संघीय राजधानी सहित मुलुकका विभिन्न पालिकाले पटक–पटक सूचना निकालिरहेकै हुन्छन् ।

सरकारले १ वैशाख २०७२ देखि नै काठमाडौं उपत्यकाको ४ किल्ला तोकेर प्लास्टिकका झोला प्रयोग निषेध गरेको थियो । १८ चैत २०७१ को राजपत्र मार्फत सरकारले १ वैशाख २०७२ देखि लागु हुने गरी २० इन्च चौडाइ र ३५ इन्च लम्बाइ साइज र ४० माइक्रोन मोटाइसम्मका प्लास्टिक झोला आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।

 


Thali Mobile Pvt.Ltd.