भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

गाजामा कृषि प्रणाली ध्वस्त, पाँच प्रतिशतभन्दा कम भूमि मात्र प्रयोगयोग्य

गाजामा कृषि प्रणाली ध्वस्त, पाँच प्रतिशतभन्दा कम भूमि मात्र प्रयोगयोग्य

गाजा, १३ जेठ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार गाजामा जारी युद्धका कारण अहिले पाँच प्रतिशतभन्दा कम कृषि भूमि मात्र प्रयोगयोग्य अवस्थामा रहेको छ। यसले गाजा क्षेत्रका बासिन्दालाई गहिरो खाद्य सङ्कट र भोकमरीको गम्भीर जोखिममा पुर्याएको छ।

एफएओले सार्वजनिक गरेको तथ्यांक अनुसार २०२४ अप्रिलको अन्त्यसम्म गाजाको ८० प्रतिशतभन्दा बढी कृषि भूमि क्षतिग्रस्त भइसकेको छ। हाल जम्मा ४.६ प्रतिशत जमिन अर्थात् ६८८ हेक्टर (करीब १७०० एकड) क्षेत्रफल मात्र खेती गर्न सकिने अवस्थामा छ।

एफएओका उपमहानिर्देशक बेथ बेचडोलका अनुसार, हरितगृह, सिंचाइ प्रणाली र अन्य स्रोतहरू ध्वस्त हुँदा गाजामा स्थानीय कृषि उत्पादन पूर्णरूपमा अवरुद्ध भएको छ।

युद्ध शुरू हुनु अगाडि गाजाको अर्थतन्त्रमा कृषिको योगदान १० प्रतिशत थियो। त्यहाँको झन्डै ५ लाख ६० हजार जनसंख्या कृषि, पशुपालन वा माछापालनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आश्रित थिए।

सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले जवाफी कारबाही थालेको थियो। झन्डै तीन महिनासम्मको नाकाबन्दीपछि अहिले केही राहत सामग्री गाजामा प्रवेश गरिरहे पनि खाद्य र औषधिको आपूर्ति अझै अत्यन्तै अपुग रहेको अन्तर्राष्ट्रिय संस्थाहरूले जनाएका छन्।

 


Thali Mobile Pvt.Ltd.