भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

बाजुरामा चितुवाको आक्रमणबाट ८ वर्षीय बालकको मृत्यु, आँगनमै खेलिरहेका थिए बालक

बाजुरामा चितुवाको आक्रमणबाट ८ वर्षीय बालकको मृत्यु, आँगनमै खेलिरहेका थिए बालक

धनगढी, १८ चैत  । बाजुराको खप्तड छेडेदह गाउँपालिका–३, धुर्तोलामा चितुवाको आक्रमणबाट ८ वर्षीय बालक विजय रावतको मृत्यु भएको छ। आइतबार साँझ घर नजिकै आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताए। घटनास्थलमै बालकको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको छ। घटनाले स्थानीयमा त्रास फैलिएको छ। प्रहरी र वन विभागको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

 


Thali Mobile Pvt.Ltd.