भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन २०८१: सुर्खेतमा मतदान सुरु

मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन २०८१: सुर्खेतमा मतदान सुरु

सुर्खेत, १८ चैत २०८१ । मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। निर्वाचन अधिकृत खगेन्द्र अधिकारीका अनुसार मतदान साँझ ५ बजेसम्म चल्नेछ, तर आन्तरिक तयारीमा ढिलाइले तोकिएको समयभन्दा केही घण्टा ढिलो सुरु भएको छ।

६ वर्षपछि हुन लागेको यो स्ववियु निर्वाचनमा ४,३८३ मतदाता सहभागी छन्। विद्यार्थीहरू उत्साहपूर्वक मतदानमा सरिक भएका छन्। यसअघि पटक-पटक निर्वाचन मिति तोकिए पनि उच्च अदालतमा रिट परेकाले स्थगित हुँदै आएको थियो। निर्वाचनबाट अध्यक्ष, सचिव, कोषाध्यक्षसहित १० जना प्रत्यक्ष र ९ जना समानुपातिक गरी १९ सदस्यीय कार्यसमिति चयन हुनेछ।

अध्यक्ष पदमा ७ भ्रातृ संगठन र १ स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका छन्। नेविसंघबाट विवेक खड्का, अनेरास्ववियुबाट जगतजंग शाही, अखिल (क्रान्तिकारी) बाट प्रकाश विक, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट विकल्प वली, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार, अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) बाट चीनबहादुर सहकारी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (हैठी) बाट लेलिनकुमार रेग्मी र स्वतन्त्र उम्मेदवार मिलन बिसी प्रतिस्पर्धामा छन्।

 


Thali Mobile Pvt.Ltd.