भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

प्रतिनिधि सभाको पाँचौं अधिवेशन: ओलीको सम्बोधनसहित यस्ता छन् आजका कार्यसूची

प्रतिनिधि सभाको पाँचौं अधिवेशन: ओलीको सम्बोधनसहित यस्ता छन् आजका कार्यसूची

काठमाडौं, १८ चैत । संघीय संसद्को प्रतिनिधि सभाको पाँचौं अधिवेशनको २५औं बैठक आज सोमबार बिहान ११ बजे बस्दैछ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयमा विपक्षीले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन् । तर, एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले आज विपक्षीको मागअनुसार सदनमा सम्बोधन गर्ने जानकारी दिएका छन् ।

यसअघि बिहीबार, शुक्रबार र आइतबारका बैठकहरू विपक्षीको अवरोधले प्रभावित भएका थिए । विपक्षीले घिसिङको बहिर्गमनबारे ओलीको जवाफ मागेका थिए भने ओलीले सार्वजनिक रूपमा जवाफ नदिने अडान लिएका थिए । तर, आज उनी सदनमा बोल्ने तयारीमा छन् ।

महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजका सम्भावित कार्यसूची यस्ता छन्:

सन्देश टेबुल:

राष्ट्रिय सभाबाट प्राप्त “बैकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०” टेबुल गरिने।

समिति प्रतिवेदन:

पूर्वाधार विकास समितिको “जलस्रोत विधेयक, २०८१” र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१” प्रतिवेदन पेश हुने।

व्यवस्थापन कार्य:
महिला, बालबालिका मन्त्री नवलकिशोर साह सुडीले “मानव बेचबिखन तथा ओसारपसार (पहिलो संशोधन) विधेयक, २०८१” प्रस्तुत गर्ने।
कानून मन्त्री अजय कुमार चौरसियाले “नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१” माथि छलफल प्रस्ताव गर्ने।
गृहमन्त्री रमेश लेखकले “नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१” समितिमा पठाउने प्रस्ताव गर्ने।
उद्योग मन्त्री दामोदर भण्डारीले “निकासी पैठारी (नियमन) विधेयक, २०८१” समितिमा पठाउने।
ऊर्जा मन्त्री दिपक खड्काले “नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१” समितिमा पठाउने।
प्रधानमन्त्री ओलीले “संवैधानिक परिषद् (पहिलो संशोधन) विधेयक, २०७९” माथि छलफल र पारित गर्ने प्रस्ताव गर्ने।

 


Thali Mobile Pvt.Ltd.