भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौंः मेयर बालेन शाह

नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौंः मेयर बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर नभत्किने बताएका छन् । आज सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै उनले भत्काउनै परे सरकारले मुआब्जा दिनुपर्ने उल्लेख गरेका हुन् ।

उनले गलत जानकारी दिएर जनता उचाल्ने काम नगर्न पनि आग्रह गरेका छन्। ‘खोलाको मापदण्ड र कानुन आफैँ बनाउने, आफैँ सहभागी भएको परिषददेखि न्यायाधीश आउने। सरकार आफ्नै। कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै’, बालेनले लेखेका छन्, ‘अनि, भएको कानुन र फैसलालाई कार्यान्वयन गर्दा दोष जति काठमाडौं महानगरलाईरु गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ।’

नयाँ मापदण्डअन्तर्गत गर्ने कुनै घर नभत्कने भएकाले निश्चिन्त रहन पनि बालेनले आग्रह गरेका छन्। भत्काउने नै भए सरकारले मुआब्जा दिनुपर्ने उनको भनाइ छ।

 

 


Thali Mobile Pvt.Ltd.