भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह : लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्

प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह : लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्

काठमाडौं, १४ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेक नेपालको भूमि भएको कुरा चीनलाई सम्झाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओली चीन भ्रमणका लागि प्रस्थान गरेलगत्तै मेयर साहले भारत–चीन सहमतिप्रति आपत्ति जनाउँदै चीनलाई यसबारे स्पष्ट रूपमा कुरा राख्न आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई शुभकामना दिँदै बालेनले भनेका छन्, “चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथि अतिक्रमण गरेको छ । त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।”

बालेनले प्रधानमन्त्रीप्रति विश्वास व्यक्त गर्दै लेखेका छन्, “हामीलाई तपाईं माथि पूर्ण विश्वास छ ।”

मेयर बालेनले चीन भ्रमणको अवसरमा प्रधानमन्त्री ओलीले नेपालको भूस्वाधीनताको मुद्दा उठाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.