भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

प्रधानमन्त्री ओली चीन प्रस्थान, यस्तो छ पाँच दिने भ्रमण तालिका

प्रधानमन्त्री ओली चीन प्रस्थान, यस्तो छ पाँच दिने भ्रमण तालिका

काठमाडौं, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । आज बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनतर्फ प्रस्थान गरेका हुन् । यो उनको प्रधानमन्त्री भएपछिको दोस्रो चीन भ्रमण हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रस्थान गरेका ओली १८ गते बुधबारसम्म चीनमा रहनेछन् । त्यहाँ उनले सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने कार्यक्रम छ ।

भ्रमण टोली प्रधानमन्त्री ओलीसँगै श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मासहित उच्चस्तरीय प्रतिनिधिमण्डल चीन गएको छ ।

एससीओ सम्मेलन १५ र १६ भदौमा उत्तरी चीनको तियान्जिन सहरमा आयोजना हुँदैछ । सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्नेछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग अलग्गै भेटवार्ता गर्नेछन् । साथै, १७ भदौमा तियान्जिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसै क्रममा उनले विभिन्न मुलुकका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । चीनका उपराष्ट्रपति हान झेङसँग समेत ओलीले भेटवार्ता गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले भ्रमणकै क्रममा जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध र विश्वव्यापी फासिवादविरोधी युद्धमा विजय प्राप्तिको ८० औं वार्षिकोत्सव कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम रहेको बताइएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.