भर्खरै : Sorry, your browser does not support inline SVG.

चिकित्सकको सेवा सुविधामा सरकार गम्भीर नभएको कांग्रेस उपसभापति धनराज गुरुङको आरोप

चिकित्सकको सेवा सुविधामा सरकार गम्भीर नभएको कांग्रेस उपसभापति धनराज गुरुङको आरोप

काठमाडौं, १४ भदौ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थतन्त्र बलियो बनाएर चिकित्सकका माग पुरा गर्नुपर्ने बताएका छन् ।

प्रजातन्त्रवादी चिकित्सक सङ्घको वार्षिक भेलाको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘स्वास्थ्य सेवा, पार्टी नेतृत्व र राष्ट्रिय प्रगतिका लागि एकीकृत कदम’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले चिकित्सकको सेवा सुविधाका लागि सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।

गुरुङले भने, “सेवा सुविधा थप गर्ने भन्ने वित्तिकै अर्थतन्त्रसँग जोडिन्छ । देशको अर्थतन्त्र वृद्धि गर्ने थुप्रै क्षेत्र रहेका छन् । त्यतातिर लागौँ । उहाँहरुको सेवा सुविधा बढाउन तिर लागौँ ।”

उनले घरेलु मदिरालगायतलाई कर दायरामा ल्याउन सके अहिले बजेटमा ६ खर्ब रुपैयाँ थप गर्न सकिने बताए । आफू कानूनमन्त्री हुँदा पटक–पटक कानून बनाउन प्रयास गरे पनि सफल हुन नसकेको उनले स्मरण गरे ।

 


Thali Mobile Pvt.Ltd.