भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

मुद्धा नचलाउने निर्णयपछि प्रहरी नियन्त्रणमा रहेका ७३ जना छुटे

मुद्धा नचलाउने निर्णयपछि प्रहरी नियन्त्रणमा रहेका ७३ जना छुटे

काठमाडौं । ललितपुरको बालकुमारी भएको भडपछि पक्राउ परेका ७३ जनालाई छाड्ने भएको छ । ललितपुरको बालकुमारी स्थित प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई छाड्ने निर्णय भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने र पक्राउ गरिएकाहरुलाई मद्धा नचलाउने निर्णय भएको उपत्यका प्रहरी कार्यालय स्रोतले बताएका छ ।

प्रदर्शनमा प्रहरीको दनमबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख घर भएका सुजत रावत र अछामका विरेन्द्र शाह छन् । मुद्धा नचलाउने निर्णयपछि प्रहरीको नियन्त्रणमा रहेका ७३ जना छुटेका छन् । भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा उनिहरु पक्राउ परेका थिए ।

 


Thali Mobile Pvt.Ltd.