भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

“५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णालीमा ढुवानी सुरु”

“५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णालीमा ढुवानी सुरु”

काठमाण्डौ, १ फागुन । निर्वाचन आयोगले ५८ जिल्लाका १ सय २४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ। आयोगका अनुसार हिजोसम्म कूल १ करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ सकिएको हो।

आयोगले छपाइ सम्पन्न भएका कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन सुरु गरेको छ। कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइरहेको आयोगले जनाएको छ।

सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गरिएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिनुभयो।

आयोगका अनुसार हालसम्म १४ हजार ३ सय ४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ। दैनिक रूपमा झन्डै १ हजार बाकस मतपत्र प्याकिङ भइरहेको छ भने अधिकतम १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा मतपत्र छपाइको काम जारी छ। आयोगका अनुसार पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको छ।

 


Thali Mobile Pvt.Ltd.