भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

फागुन २१ को निर्वाचनका लागि मतपत्र ढुवानी सुरु

फागुन २१ को निर्वाचनका लागि मतपत्र ढुवानी सुरु

काठमाडौं, १ फागुन । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लाहरूमा मतपत्र पठाउने काम सुरु भएको छ। निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न जिल्लामा मतपत्र ढुवानी थालेको हो।

आयोगका अनुसार कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालिएको छ। मतपत्र छपाइ सम्पन्न भएका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत जिल्लाका निर्वाचन क्षेत्रमा ढुवानी सुरु गरिएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिनुभयो।

यस्तै, हालसम्म ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ। कुल १ करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ सकिएको छ। आयोगका अनुसार हालसम्म १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ। दैनिक करिब १ हजार बाकस मतपत्र प्याकिङ भइरहेको छ भने १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा मतपत्र छपाइको काम जारी छ।यसैबीच, आयोगले आगामी ३ गतेदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु गर्ने भएको छ। विगतकै निरन्तरताअनुसार करिब २५ करोड रुपैयाँ खर्चेर मतदाता शिक्षा सञ्चालन गरिनेछ।

मतदाता शिक्षाका लागि आयोगले तयार पारेको विशेष कार्यक्रमअनुसार देशभरका सबै वडामा एक–एक जना योग्य तथा अनुभवी स्वयंसेवक परिचालन गरिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो।

 


Thali Mobile Pvt.Ltd.